images
images

नेपालमा ५७ देशबाट भित्रियो करिब ३ खर्ब लगानी, भारतको सबैभन्दा धेरै हुँदा अन्य कुन देशबाट कति ?

नेपालमा ५७ देशबाट भित्रियो करिब ३ खर्ब लगानी, भारतको सबैभन्दा धेरै हुँदा अन्य कुन देशबाट कति ?

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार असार मसान्तसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ ।

शुक्रवार, भदौ १४ २०८१
शुक्रवार, भदौ १४ २०८१
  • नेपालमा ५७ देशबाट भित्रियो करिब ३ खर्ब लगानी, भारतको सबैभन्दा धेरै हुँदा अन्य कुन देशबाट कति ?

    काठमाडौँ / नेपालमा ५८ मुलुकको प्रत्यक्ष वैदेशिक लगानी रहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ मा नेपालमा ५८ मुलुकको प्रत्यक्ष लगानी रहेको देखाएको हो । 

    images
    images

    राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल २३८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क तथा अन्य विवरणको विश्लेषणका आधारमा ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९/८०’ तयार पारेको हो । 

    उक्त प्रतिवेदन अनुसार नेपालमा आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा अर्थात असार मसान्तसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड रुपैयाँ कायम रहेको छ । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५२.८ प्रतिशत, सञ्चिति ३३.७ प्रतिशत र कर्जाको अंश १३.५ प्रतिशत रहेको छ । 

    यस्तै, प्रत्यक्ष वैदेशिक लगानीको ५९.७ प्रतिशत हिस्सा औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको देखिन्छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् क्षेत्रमा ३० प्रतिशत र उत्पादन क्षेत्रमा २९.४ प्रतिशत वैदेशिक लगानी रहेको छ । 

    यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीमा रहेको छ । 

    यस्तै, वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको पाइएको छ भने इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको छ । 

    कुन देशबाट कति भित्रियो लागानी ? 

    प्रतिवेदन अनुसार नेपालमा ५८ देशको प्रत्यक्ष लगानी ३ खर्ब लगानी रहेको तथ्याङ्क छ ।राष्ट्र बैंकका अनुसार नेपालमा ५८ देशले कुल २ खर्ब ९५ अर्ब ४९ करोड रुपैयाँ लगानी गरेका छन् । जसमध्ये, भारतबाट सबैभन्दा बढी लगानी रहेको छ । २०८० असार मसान्तसम्ममा भारतको १ खर्ब ३ अर्ब ४५ करोड रुपैयाँ अर्थात ३५ प्रतिशत लगानी रहेको छ । 

    त्यसपछि क्रमशः चीनबाट ३५ अर्ब ४६ करोड रुपैयाँ अर्थात १२ प्रतिशत, आयरल्याण्डबाट २२ अर्ब ६२ करोड रुपैयाँ अर्थात ७.७ प्रतिशत, अष्ट्रेलियाबाट १९ अर्ब ६ करोड रुपैयाँ अर्थात ६.४ प्रतिशत र सिङ्गापुरबाट रु.१८ अर्ब ८१ करोड रुपैयाँ अर्थात ६.४ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी रहेको देखिन्छ । 

    यस्तै वेष्ट इण्डिजबाट १४ अर्ब ३९ करोड रुपैयाँ, दक्षिण कोरियाबाट १३ अर्ब ८७ करोड रुपैयाँ, अमेरिकाबाट १२ अर्ब २२ करोड रुपैयाँ, हङकङ्ग चिनबाट ७ अर्ब २३ करोड रुपैयाँ, बेलायतबाट ६ अर्ब ८५ करोड रुपैयाँ, नेदरल्याण्ड्सबाट ५ अर्ब ९३ करोड रुपैयाँ, बङ्गलादेशबाट ४ अर्ब ४९ करोड रुपैयाँ, पाकिस्तानबाट ४ अर्ब ३५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

    1.jpg

    प्रदेशगत अवस्था कस्तो ? 

    प्रदेशगत आधारमा नेपालमा रहेका प्रत्यक्ष लगानीमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा रहेको देखिन्छ । प्रतिवेदन अनुसार यस प्रदेमा प्रत्यक्ष लगानी ५९.७ प्रतिशत रहेको छ । 

    त्यसपछि क्रमशः गण्डकी प्रदेशमा १५.१ प्रतिशत, कोशी प्रदेशमा १४.७ प्रतिशत, मधेश प्रदेशमा ८.८ प्रतिशत रहेको छ भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिममा प्रदेशमा प्रत्यक्ष वैदेशिक लगानी एक प्रतिशतभन्दा कम रहेको देखिन्छ । 

    2.PNG

    विदेशी कम्पनीले लगे साढे १७ अर्ब लाभांश

    आर्थिक वर्ष २०७९/८० मा नेपालमा लगानी गरेबापत् विदेशी कम्पनीहरूले साढे १७ अर्ब ३३ करोड ४७ लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् ।

    जसमा सबैभन्दा धेरै उत्पादनमुलक क्षेत्रमा लगानी गरेबापत लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरूले नेपालमा लगानी गरेवापत् उत्पादनमुलक क्षेत्रबाट ८ अर्ब ८४ करोड ७६ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष सूचना प्रविधि क्षेत्रमा लगानी गरेवापत ३ अर्ब ६७ करोड ३५ लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । 

    यस्तै बैंक तथा बीमा सेवा क्षेत्रबाट ३ अर्ब ५० करोड रुपैयाँ, विद्युतीय उपकरणमा लगानी गरेवापत् १३ करोड रुपैया, खाद्य क्षेत्रबाट २ करोड २८ लाख रुपैयाँ, स्वास्थ्य तथा सामाजिक क्षेत्रबाट २८ लाख रुपैयाँ, यातायात तथा भण्डारण क्षेत्रबाट ४ करोड २९ लाख रुपैयाँ र अन्य क्षेत्रबाट १ अर्ब ११ करोड रुपैयाँ विदेशी कम्पनीहरूले लाभांश लिएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    आर्थिक वर्ष २०७८/७९ मा भने नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले कुल १५ अर्ब ६७ करोड ५२ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको थियो । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको थियो ।

    यस्तै, आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल २६ अर्ब ७ करोड ६६ लाख रुपैयाँ लाभांश फिर्ता लिएका थिए ।

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार