images
images

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँको आकर्षक छुट

सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँको आकर्षक छुट

बिहिवार, भदौ १३ २०८१
बिहिवार, भदौ १३ २०८१
  • सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच सम्झौता, टिकट खरिदमा ५ सय रुपैयाँको आकर्षक छुट

    काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र श्री एयरलाइन्स बीच सम्झौता भएको छ । सिटिजन्स बैंक र श्री एयरलाइन्सबीच बैंकका ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो , 

    images
    images

    उक्त समझदारी अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले श्री एयरलाइन्समा टिकट खरिदमा एकमुस्ट ५ सय रुपैयाँको आकर्षक छुट पाउनेछन् ।

    सो छुट श्री एयरलाइन्सको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । 

    बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ । 

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार