images
images

पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन, मृत्यु त तब हुन्छ जब तैरन जान्दैनन्, पढौं २० प्रेरक प्रसंगहरु

पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन, मृत्यु त तब हुन्छ जब तैरन जान्दैनन्, पढौं २० प्रेरक प्रसंगहरु

बुधवार, भदौ १२ २०८१
बुधवार, भदौ १२ २०८१
  • पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन, मृत्यु त तब हुन्छ जब तैरन जान्दैनन्, पढौं २० प्रेरक प्रसंगहरु
    images
    images

    पानीमा डुब्नासाथ कोही कसैको ज्यान जाँदैन तर, पानीमा तैरन सकेन भने ज्यान जान्छ । जीन्दगीको सिकाइ भोगाइ ठीक यस्तै नै हो समयसँगै जिउन सक्नुपर्दछ  तैरन सक्नुपर्दछ । विश्वका विभिन्न महात्मा दार्शनिकहरुले यस्तै बचनहरु दिएका छन् । जसलाई हामी जिवनको प्रेरक ठान्न सक्छौं । आचार्य चाणक्यले भनेका छन्, ‘जीवनमा तीन मन्त्र सधै याद राख । आनन्दको बेला वचन नदेउ । क्रोधको बेला जवाफ नदेउ । दुःखको बेला निर्णय नलेउ । आज अर्थ डबलीले प्रेरक विषयहरुमा समाजमा भनिदै आएका करिब २० प्रसंगहरु यस्ता छन् पढौं । 

    १] हामीले कुनै पनि समयको प्रतिक्षा गर्नु उचित छैन । बरु हरेक समयलाई विशेष बनाउने प्रयास गर्नुपर्छ।


    २] खुट्टामा लागेको चोटले सम्हालिएर हिँड्न सिकाउँछ । मनमा लागेको चोटले समझदारीसाथ जिउन सिकाउँछ ।

    ३] पानीलाई जतिसुकै तातो बनाएपनि केही समयपछि आफ्नो मूल स्वभावमा फर्किएर शीतल हुन्छ । यही प्रकार हामीमा जति क्रोध, भय, अशान्ति भए पनि यसलाई क्षणिक रुपमा मात्र लिनुपर्छ । हाम्रो मूल स्वभाव त हरबखत खुसी र प्रशन्न रहनु हो ।

    ४] भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर । भाग्यको ढोका आफै खुल्छ ।

    ५] पानीमा डुब्नसाथ कसैको मृत्यु हुँदैन । मृत्यु त तब हुन्छ जब पानीमा तैरन जान्दैनन् । परिस्थिति कहिलेपनि समस्या बन्दैन । समस्या त तब बन्छ, जब त्यसलाई सम्हाल्न सक्दैनन् ।

    ६] त्यस व्यक्तिप्रति ध्यान नदेउ जो तिम्रो पीठ्युँ पछाडि कुरा गर्छ । यसको सोझो अर्थ हो तिमी उनीभन्दा दुई कदम अगाडि छौं ।

    ७] संसारमा यदि एकदमै राम्रो कुरा सोच्ने हो भने सर्वप्रथम त कुनै खराब कुरा सोच्न बन्द गर ।

    ८] पहिले मान्छेले सिकाएका थिए, समय बद्लिन्छ । अहिले समयले सिकायो कि, मान्छे पनि बद्लिन्छ ।

    ९] अवसर र सूर्योदयमा एउटै समानता छ । ढिलो गर्नेलाई यसले पर्खदैन ।

    १०] ऐना हो जिन्दगी । तिमी मुस्कुराउ, जिन्दगी पनि मुस्कुराउँछ ।

    ११] खुसी हुनुको अर्थ यो होइन कि तिम्रो सबैकुरा ठीक छ । यसको अर्थ त यो हो कि तिमीले दुःखबाट उठेर जिउन सिक्यौं ।

    १२] कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा देउ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ ।

    १३] यदि तिमी कसैलाई अपमान गर्दैछौं भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ ।

    १४] केही नयाँ काम गर्नका लागि तिमी महान हुन आवश्यक छैन । तर, महान हुनका लागि केही नयाँ काम गर्न जरुरी छ ।

    १५] जो आफैमा खुसी हुन्छन्, उनीहरुको संसार पनि खुसी हुन्छ ।

    १६] तिमीले आफ्नो भविष्य बदल्न सक्दैनौं तर प्रवृत्ति बदल्न सक्छौं । जब प्रवृत्ति बदल्छौं, भविष्य आफै बद्लिन्छ ।

    १७] सबैभन्दा तिब्र उही हिँड्छ, जो एक्लै हुन्छ । तर, टाढासम्म उही पुग्छन्, जो सबैलाई साथमा लिएर हिँड्छन् ।

    १८] क्रोधको बेला केही समय रोक्नुपर्छ । गल्तीको बेला केही झुक्नुपर्छ । संसारको सबै समस्या हल हुन्छ ।

    १९] जिन्दगीलाई बुझ्न बहुत मुस्किल छ । कोही सपनाका खातिर आफन्तबाट टाढा हुन्छन् । कोही आफन्तका खातिर सपनाबाट टाढा रहन्छन् ।

    २०] जसलाई जे भन्नुछ भन्न देउ, तिमीलाई के फरक पर्छ । यो समय–समयको कुरा हो, सबैको समय आउँछ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार