images
images

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?

आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?

मंगलवार, भदौ ११ २०८१
मंगलवार, भदौ ११ २०८१
  • आज पनि बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको मुद्रालाई कति रुपैयाँ पर्ला ?

    काठमाडौँ / आज मङ्गलबार पनि अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी मुद्रा बिक्री विनिमय दर अनुसार आज पनि केही देशको मुद्राको भाउ बढेको हो । 

    images
    images

    यसअघि एक अमेरिकी डलरका लागि आज नेपाली १३४ रुपैयाँ ५३ पैसा तोकिएको थियो भने आज बढेर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ । 

    यसअघि भने अमेरिकी डलरको खरिद मूल्य १३३ रुपैयाँ ९३ पैसा तोकिएकोमा आज बढेर खरिदमा १३३ रुपैयाँ ९५ पैसा तोकिएको छ। 
    यता, युरोको भाउ भने आज घटेको छ ।

    यसअघि एकको खरिदमा १५० रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १४९ रुपैयाँ ८९ पैसा तोकिएको युरोपियन युरोको भाउ घटेर आज खरिदमा १४९ रुपैयाँ ५६ पैसा र बिक्रीमा १५० रुपैयाँ २३ पैसा कायम भएको छ  । 

    त्यस्तै, आज अष्ट्रेलियन डलरको भाउ पनि घटेर खरिदमा ९० रुपैयाँ ६८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ०८ पैसा कायम भएको छ । यसअघि भने अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ९९ पैसा र बिक्रीमा ९१ रुपैयाँ ३९ पैसा तोकिएको थियो । 

    यसैगरी, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ १६ पैसा र बिक्री दर ९९ रुपैयाँ ६० पैसा तोकिएको छ । 

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १७६ रुपैयाँ ६० पैसा र बिक्रीमा १७७ रुपैयाँ ३९ पैसा रहेको छ भने स्वीस फ्र्याङ्क एकको खरिदमा १५८ रुपैयाँ १० पैसा र बिक्रीमा १५८ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । 

    जापानिज येन १० को खरिद दर ९ रुपैयाँ २९ पैसा र बिक्री दर ९ रुपैयाँ ३३ पैसा, साउदी रियाल एकको खरिदमा ३५ रुपैयाँ ७० पैसा र बिक्रीमा ३५ रुपैयाँ ८६ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ७३ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ९० पैसा रहेको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार