images
Logo
images
images
images

नेपाल बैंकको हरितालिका तीज विशेष अफर : महिला बचत खातामा डिजिटल प्रोडक्ट तथा लकर सेवामा कमिशन छुट

नेपाल बैंकको हरितालिका तीज विशेष अफर : महिला बचत खातामा डिजिटल प्रोडक्ट तथा लकर सेवामा कमिशन छुट

सोमवार, भदौ १० २०८१
सोमवार, भदौ १० २०८१
  • नेपाल बैंकको हरितालिका तीज विशेष अफर : महिला बचत खातामा डिजिटल प्रोडक्ट तथा लकर सेवामा कमिशन छुट

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले हरितालिका तीजको अवसरमा अफर सार्वजनिक गरेको छ । बैंकले नेपाली नारीहरूको पर्व हरितालिका तीजको अवसरमा महिलाहरूको वित्तीय पहुँच र समावेशीकरणको वृद्धिका लागि तीज विशेष अफर ल्याएको हो । 

    images
    images
    images
    images

    सो अवसरअन्तर्गत बैंकले भदौ १ गतेदेखि ३१ गतेसम्म लागू हुने गरी महिला बचत खाता शून्य मौज्दातमा खोल्न सकिने जनाएको छ । 

    साथै, पहिलो वर्षको लागि डेबिट कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट खाता, मेरो सेयर, सी आस्वा रजिष्ट्रेसन सेवा निःशुल्क गर्ने साथै लकर सेवामा राख्नुपर्ने धरौटी रकम राख्नु नपर्ने तथा कमिशन शुल्कमा समेत शत प्रतिशत छुट प्रदान गरिएको बैंकले जानकारी दिएको छ । 

    हाल बैंकमा करीव ४३ प्रतिशत महीला कर्मचारीहरु कार्यरत रहेको तथा संविधानको मर्म अनुकूल समावेशि सिन्द्धान्त अनुसार कर्मचारीहरु नियुक्ति भई कार्यरत बैंक नेपालीको साच्चिकै आफ्नो बैंक भएकोे छ ।

    बैंकले हाल नेपालभर २२९ शाखा, ५९ एक्टेन्सन काउण्टर र २०४ एटिएम काउण्टरबाट सेवा सञ्चालन गरिरहेको छ । साथै आधुनिक प्रविधिलाई आत्मसाथ गर्दै समयानुकूल थप सरल र सहज ग्राहक सेवा प्रदान गर्दै जाने बैंकले बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार