काठमाडौँ / विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ३०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
आठजना संस्थापक शेयरधनीहरूको नाममा रहेको यी शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यी शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।