images
images

पहिलो कारोबारको दिन ७९.८८ अङ्कले घट्यो बजार, १९ अर्ब ७४ करोड बढीको कारोबार

पहिलो कारोबारको दिन ७९.८८ अङ्कले घट्यो बजार, १९ अर्ब ७४ करोड बढीको कारोबार

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • पहिलो कारोबारको दिन ७९.८८ अङ्कले घट्यो बजार, १९ अर्ब ७४ करोड बढीको कारोबार

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ७९.८८ अङ्कले घटको छ । आइतबार नेप्से परिसूचक ७९.८८ अंकले घटेर २ हजार ८९४.५७ को बिन्दुमा झरेको हो । 

    images
    images

    यसअघि कारोबारको अन्तिम दिन अर्थात  बिहीबार नेप्से ६.०१ अङ्कले बढेर बन्द भएको थियो । यस्तै सो दिन नेप्से २९७४.४६ विन्दुमा उक्लिएको थियो । 

    आज ३३३ कम्पनीको ४ करोड २६ लाख ८६ हजार ६४० कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ७४ करोड बराबरको कारोबार भएको छ ।

    यस दिन अधिकांश उपसूचकहरु राताम्मे भएका छन् । माइक्रो फाइनान्सबाहेक सबै उपसूचक राताम्मे भएको हो । त्यसमा पनि बैंकिङ क्षेत्रको सेयर सबैभन्दा बढी ३.५० प्रतिशतले घटेको छ । 

    सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार

    आज सबैभन्दा धेरै अपि पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८४ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । 

    हिमालयन रिइन्स्योरेन्सको ७३ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ५१ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट

    तीन वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्किट लागेको छ । जसअुनसार विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर १० प्रतिशतले बढेको हो। 

    यस्तै मन्दकिनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९.९१ प्रतिशतका दरले गुमाएका हुन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार