images
images

लोडसेडिङ अन्त्य भएसँगै तीन गुणा बढ्यो विद्युत खपत

लोडसेडिङ अन्त्य भएसँगै तीन गुणा बढ्यो विद्युत खपत

आइतवार, भदौ ९ २०८१
आइतवार, भदौ ९ २०८१
  • लोडसेडिङ अन्त्य भएसँगै तीन गुणा बढ्यो विद्युत खपत

    काठमाडौँ / विद्युत खपत तीन गुणा बढेको छ। मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो । 

    images
    images

    आर्थिक वर्ष २०७२/७३ मा तीन अर्ब ७२ करोड युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब दुई करोड युनिट पुगेको छ।

    आठ वर्षको अवधिमा देशभित्रको विद्युत खपत ६ अर्ब ५१ करोड युनिट वृद्धि भएको हो। आठ वर्षअघि विद्युत खपत वृद्धिदर नै ऋणात्मक थियो।

    गत आर्थिक वर्षमा सबैभन्दा बढी ग्रार्हस्थतर्फ चार अर्ब ३१ करोड र औद्योगिक ग्राहकतर्फ तीन अर्ब ६९ करोड युनिट विद्युत खपत भएको छ।

    बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका हुन्। आठ वर्षअघि १३१ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत गत आर्थिक वर्षसम्म आइपुग्दा ४०० युनिट पुगेको छ।

    आठ वर्ष अघि वर्षायाममा समेत दैनिक आठ घण्टा लोडसेडिङ थियो। हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नुपर्ने प्रक्षेपण थियो।

    २०७३ को कात्तिकबाट काठमाडौं उपत्यका हुँदै क्रमिक रूपमा देशका प्रमुख सहरहका ग्राहकको र त्यसपछि औद्योगिक ग्राहकको लोडसेडिङ अन्त्य गरिएको थियो। २०७५ वैशाखबाट सिङ्गो मुलुक लोडसेडिङमुक्त घोषणा गरिएको थियो। 

    आठ वर्षअघि ५८ प्रतिशत घर परिवारमा मात्र विद्युत पुगेको थियो। अहिले ९९ प्रतिशतमा विद्युत पुगेको प्राधिकरणले जनाएको छ।

    विद्युतको पहुँच पुगेका घरपरिवारमध्ये ९७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र दुई प्रतिशतले ग्रिडभन्दा बाहिर रहेका लघु जलविद्युत, सौर्य ऊर्जा लगायतबाट विद्युत उपभोग गरिरहेका छन्।

    आठ वर्ष अघि विद्युतका ग्राहक करिब ३० लाख रहेकामा हाल सामुदायिक सहित ५९ लाख ३५ हजार पुगेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार