images
images

साउन महिनामा आयात र निर्यात घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो

साउन महिनामा आयात र निर्यात घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो

पेट्रोलियम पदार्थ, बिटुमिन, खनिज तेललगायत वस्तु सबैभन्दा बढी आयात भएको छ भने गलैँचा, फलाम तथा स्टिल सबैभन्दा बढी निर्यात भएको ।

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • साउन महिनामा आयात र निर्यात घट्यो, व्यापार घाटा १ खर्ब १६ अर्ब पुग्यो

    काठमाडौँ / चालु आर्थिक वर्ष ०८१/८२ को पहिलो महिना साउनमा व्यापार घाटा बृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउन महिनामा ४४ करोड ६ लाख रुपैयाँ (०.३८ प्रतिशत)ले व्यापार घाटा बढेको हो । 

    images
    images

    आर्थिक वर्ष ०८०/८१ को साउनमा १ खर्ब १५ अर्ब ७१ करोड रुपैयाँ व्यापार घाटा भएकोमा यस बर्ष सोही अवधिमा बढेर १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको हो । 

    व्यापार घाटा बढेको भए पनि साउन महिनामा आयात ०.६७ प्रतिशत र निर्यात ९.६३ प्रतिशतले घटेको छ । 

    गत बर्ष साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाखको वस्तु आयात भएकोमा यस बर्ष सोही अवधिमा १ खर्ब २८ अर्ब ३७ करोड ७१ लाख रुपैयाँको वस्तु आयात भएको हो। 

    त्यस्तै, ०८० साउनमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रुपैयाँको वस्तु निर्यात भएकोमा यस बर्ष साउनमा  १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँको मात्रै वस्तु निर्यात भएको छ । 

    आयात र निर्यातसँगै कुल वैदेशिक व्यापार पनि १.५२ प्रतिशतले घटेको छ । 

    ०८० साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रुपैयाँ रहेको वैदेशिक व्यापार गत साउनमा १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६८ हजार रुपैयाँ पुगेको छ । 

    विभागका अनुसार साउनमा पेट्रोलियम पदार्थ, बिटुमिन, खनिज तेललगायत वस्तु सबैभन्दा बढी आयात भएको छ । यी बस्तु आयातमा नेपालबाट २१ अर्ब ६६ करोड ९० लाखभन्दा बढी रुपैयाँ बाहिरिएको हो ।

    यसैगरी साउनमा गलैँचा, फलाम तथा स्टिल सबैभन्दा बढी निर्यात भएको । १ अर्ब १७ करोड रुपैयाँको गलैँचा र १ अर्ब १० करोड रुपैयाँको फलाम तथा स्टिल निर्यात भएको विभागको तथ्याङ्क छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार