images
images

श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भयो मानुषीको साधारण सभा

श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भयो मानुषीको साधारण सभा

शनिवार, भदौ ८ २०८१
शनिवार, भदौ ८ २०८१
  • श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव पारित गर्दै सम्पन्न भयो मानुषीको साधारण सभा

    काठमाडौँ / मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले शुक्रबार विशेष साधारण सभा सम्पन्न गरेको छ । श्रृजनशील लघुवित्तसँग डिमर्ज गर्ने प्रस्ताव पारित गर्दै मानुषीको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images

    संस्थाले अघिल्लो आर्थिक वर्षमा नै श्रृजनशील लघुवित्तसँग मर्ज निर्णय गरी सम्पूर्ण प्रक्रिया पूरा गरेको थियो । विशेष कारणवस उक्त प्रक्रिया अगाडि बढाउन नसकिएको जानकारी सभामा गराइएको थियो । 

    संस्था र संस्थाका सम्पूर्ण लगानीकर्ताको हितका लागि यसो गरिएको संस्थाकी कार्यकारी प्रमुखले बताइन । यो मर्जर पूरा हुन नसके पनि अर्को उपयुक्त लघुवित्तको खोजी गरि मर्जरमा जानका लागि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

    गत साता मात्रै संस्थाले नाफामा गएको वित्तीय विवरण प्रकाशित गरेको थियो । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल १४ जिल्लामा ३६ वटा शाखा रहेका छन् । संस्थाको शेयर पूँजी १० करोड ९३ लाख ७५ हजार रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार