images
images

नेशनल लाईफको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभाशंसहित यी प्रस्ताव पारित

नेशनल लाईफको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभाशंसहित यी प्रस्ताव पारित

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • नेशनल लाईफको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, लाभाशंसहित यी प्रस्ताव पारित

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। 

    images
    images

    कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको साधारणसभाले  आ.व. २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- मा १० प्रतिशतका दरले नगद लाभांश रु.५०,११,६६,६४२. ५० र ४ प्रतिशतका दरले बोनस सेयर  लाभांश रु.२०,०४,६६,६५७/-साथै उक्त नगद एवं बोनस लाभांशमा कर प्रयोजनको लागि रु.३,६९,२८,०६८. ९ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

    नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी  ५ अरब पु¥याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी रु.५,०१,१६,६६,४२५/- मा ४ प्रतिशतको बोनस सेयर थप भई कूल चुक्ता पूँजी रु.५,२१,२१,३३,०८२/- पुगेको छ ।
     
    सभामा अध्यक्ष सिंहले सभामा आर्थिक वर्ष २०७९/०८० मा  बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मांगमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको कारण जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख बताईन। 

    कम्पनीको आ.व.२०७९/०८० मा कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा रु.९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले बृद्धि भई वर्षान्तमा रु.६,५४०.४० करोड पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई रु.४,९७८.२० करोड पुगेको छ । 

    कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ । 

    कम्पनीले Merchant Banking क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा Investment Company  खोल्न प्रयासरत रहेको बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार