मुस्ताङमा हिमपहिरोपछि बोक्सीखोला थुनिएको छ । मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आईसफल क्षेत्र नजिक हिमपहिरोले खसेपछि खोला थुनिएको हो ।
हिमपहिरोले बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उनले बताए ।
हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिए ।