images
images

मुकुलले बुझाए स्पष्टीकरण : ठग, भ्रष्ट र अपराधी सभापति लामिछानेको कब्जाबाट पार्टीलाई मुक्त गर्छु

मुकुलले बुझाए स्पष्टीकरण : ठग, भ्रष्ट र अपराधी सभापति लामिछानेको कब्जाबाट पार्टीलाई मुक्त गर्छु

शुक्रवार, भदौ ७ २०८१
शुक्रवार, भदौ ७ २०८१
  • मुकुलले बुझाए स्पष्टीकरण : ठग, भ्रष्ट र अपराधी सभापति लामिछानेको कब्जाबाट पार्टीलाई मुक्त गर्छु

    काठमाडौँ  / राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टीलाई स्पष्टीकरण बुझाएका छन् । शुक्रबार रास्वपालाई स्पष्टीकरण बुझाउँदै उनले सभापति रवि लामिछानेलाई भ्रष्टाचारी‚ राहदानी दुरुपयोग गरेर अपराध गर्ने ठग हो भनेर प्रमाणित गर्न सक्ने बताएका छन् । 

    images
    images

    पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरिएको स्पष्टीकरण पत्रमा उनले आफूलाई गलत सावित गर्नसमेत चुनौति दिएका छन् । 

    उनले लेखेका छन्, “तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन , यो पार्टी हितमा हो । राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन । तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु ।”

    पार्टीको भदौ ५ मा बसेको केन्द्रीय समिति बैठकले मुकुललाई साधारण सदस्यबाट निलम्बन गर्नु पूर्व अन्तिम एकपटक स्पष्टीकरण दिने मौका दिएको थियो । सो पश्चात उनले आफ्नो स्पष्टीकरण दिएका हुन् ।

    456432994_10212159073007315_7397613310631722683_n.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार