images
images

टिकटकको प्रतिवन्ध हटाउने सरकारको तयारी

टिकटकको प्रतिवन्ध हटाउने सरकारको तयारी

बिहिवार, भदौ ६ २०८१
बिहिवार, भदौ ६ २०८१
  • टिकटकको प्रतिवन्ध हटाउने सरकारको तयारी
    images
    images

    काठमाडौँ / सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने तयारी गरेको छ । 

    सूचना तथा सञ्चार मन्त्रालयका अनुसार आज बिहीबार साँझ बस्ने मन्त्रिपरिषद् बैठकमा टिकटकमा यसअघि सरकारले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव लैजाने तयारी भएको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार मन्त्रीस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव तयार पार्न निर्देशन दिएको र सोही अनुसार आजको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजान लागिएको बताइएको छ । 

    मन्त्रिपरिषद्को बैठक साँझ ५ बजे बस्दै छ । यसअघि टिकटकले सञ्चार मन्त्रालयलाई प्रतिबन्ध फुकुवा गरिदिन अनुरोध गर्दै पत्र लेखेको थियो । 

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको भन्दै गत वर्ष २७ कात्तिकको मन्त्रिपरिषदमा निर्णय गरेर टिकटकमाथि प्रतिबन्धको घोषणा गरेको थियो । 

    बिहीवार मन्त्रिपरिषद्को बैठकले निर्णय गरपछि फेरि देशभर सहज टिकटक एप चल्ने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार