images
images

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोदेखि अष्ट्रेलियन, क्यानेडियन डलरसम्म, अन्यलाई कति ?

अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोदेखि अष्ट्रेलियन, क्यानेडियन डलरसम्म, अन्यलाई कति ?

बुधवार, भदौ ५ २०८१
बुधवार, भदौ ५ २०८१
  • अमेरिकी डलरको भाउ घट्दा महँगियो युरोदेखि अष्ट्रेलियन, क्यानेडियन डलरसम्म, अन्यलाई कति ?

    काठमाडौँ / आज अमेरिकी डलरको भाउ घट्दा अन्य केही मुद्राको भाउ भने बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमय दर अनुसार मङ्गलबारको तुलनामा आज केही मुद्राको भाउ घटेको छ भने केहीको बढेको हो । 

    images
    images

    यसअघि अमेरिकी डलर एकको खरिदमा १३३ रुपैयाँ ९० पैसा र बिक्रीमा १३४ रुपैयाँ ५० पैसा तोकिएकोमा आज घटेर खरिदमा १३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा १३४ रुपैयाँ ३८ पैसामा झरेको छ। 

    त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेकोमा आज बढेर खरिद दर १४८ रुपैयाँ १९ पैसा र बिक्री दर १४८ रुपैयाँ ८५ पैसा पुगेको छ ।

    त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३ रुपैयाँ ८५ पैसा र बिक्री दर १७४ रुपैयाँ ६३ पैसा पुगेको छ।

    यसैगरी, स्वीस फ्र्याङ्क एकको खरिद दर १५५ रुपैयाँ ६० पैसा र बिक्री दर १५६ रुपैयाँ ३० पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९० रुपैयाँ ०५ पैसा र बिक्रीमा ९० रुपैयाँ ४५ पैसा पुगेको छ ।  

    क्यानेडियन डलर एकको खरिद मूल्य ९८ रुपैयाँ २६ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ७० पैसा र सिङ्गापुरे डलर एकको खरिदमा १०२ रुपैयाँ २६ पैसा र बिक्रीमा १०२ रुपैयाँ ७२ पैसा पर्नेछ । 

    त्यस्तै, जापानिज येन १० को खरिद दर ९ रुपैयाँ १३ पैसा र बिक्री दर ९ रुपैयाँ १७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ७२ पैसा र बिक्रीमा १८ रुपैयाँ ८१ पैसा तोकिएको छ । 

    साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ६५ पैसा र बिक्री दर ३५ रुपैयाँ ८१ पैसा र कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ६९ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ८५ पैसा तोकिएको छ । 

    विस्तृत तालिकामा हेर्नुस् 

    Binimaya.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार