images
images

अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले ३५ दिनभित्र अनुमति लिनुपर्ने

अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले ३५ दिनभित्र अनुमति लिनुपर्ने

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • अब नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले ३५ दिनभित्र अनुमति लिनुपर्ने

    काठमाडौँ / नेपाल फर्केपछि विदेशी बैंकमै पैसा राख्न चाहनेले नेपालीले ३५ दिनभित्र नेपाल राष्ट्र बैंकको अनुमति लिनुपर्ने भएको छ । 

    images
    images

    राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली जम्मा गर्न सक्ने भएपनि त्यस्तो रकम व्यक्ति नेपाल फर्किसकेको अवस्थामा समेत विदेशमा नै राख्न चाहेमा स्वीकृति लिनुपर्ने स्पष्ट पारेको हो । 

    ‘विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ’, राष्ट्र बैंकले मंगलबार वित्तीय चेतनामुलक सूचना जारी गर्दै भनेको छ, ‘तर व्यक्ति नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र निवेदन दिनुपर्छ ।’

    1.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार