images
images

गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले

गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले

मंगलवार, भदौ ४ २०८१
मंगलवार, भदौ ४ २०८१
  • गोसाइँकुण्ड गएका तीर्थयात्री फर्कन थाले

    रसुवा / जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका भक्तजन धार्मिक कार्य सम्पन्न गरी धमाधम आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन् ।

    images
    images

    प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार आज जनैपूर्णिमा पर्वका दिन आठ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान तथा पूजाआजा सम्पन्न गरी फर्किएका छन् । 

    नाग पञ्चमीदेखि जनैपूर्णिमा पर्वसम्म आइपुग्दा ११ हजारभन्दा बढी भक्तजन गोसाइँकुण्ड पुगेको प्रजिअ खनालले बताए ।

    व्यक्तिगत सवारीसाधन प्रयोग गर्ने तीर्थयात्री रसुवाबाट बाहिरिसकेका छन् भने सार्वजनिक यातायात प्रयोग गर्ने तीर्थयात्रु भने बस तथा माइक्रो पर्खाइमा रहेका छन् । 

    मेलामा आउने यात्रुलाई सहज तुल्याउन लाङ्टाङ राष्ट्रिय निकुञ्जले २४ सैँ घण्टा आफ्नो आधार इलाकाको मोटरबाटो खुला गरेका कारण राति अवेरसम्म यात्रुवाहक सवारी साधन सञ्चालनमा आएका छन् ।

    तीर्थयात्रुका लागि नेपाली सेना, स्वास्थ्य कार्यालय, गोसाइँकुण्ड गाउँपालिका, रसुवा अस्पताल धुञ्चे, हिमालय उद्धार सङ्घ, जिल्ला आयुर्वेद र नेपाल रेडक्रससमेतका निकायले सेवा पुर्याएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

    सामान्यबाहेक तीर्थयात्रुलाई कुनै समस्या नपरेको चिकित्सकले जनाएका छन् । पानी नपरेका कारण पैदल मार्गमा हिड्न सहज भएको यात्रुले प्रतिकृया दिएका छन् । 

    गोसाइँकुण्ड क्षेत्रमा अत्यावश्यक वस्तु बिक्री गर्ने व्यवसायीले निर्धारित मूल्यभन्दा १० गुणाबढी असुलेका कारण आफूहरू ठगिएको पनि यात्रुले प्रतिक्रिया दिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार