images
images

एक बर्षमा मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?

एक बर्षमा मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • images
    images
    एक बर्षमा मुक्तिनाथ कृषि कम्पनीको नाफा १६७ प्रतिशतले बढ्यो, सञ्चालन आम्दानी र प्रतिशेयर नेटवर्थ कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले २ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले २ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा १६७.०८ प्रतिशतले बडी हो । अघिल्लो आर्थिक बर्षको सोही अवधीमा कम्पनीले १ करोड ४ लाख ७२ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेको थियो । 

    सञ्चालन आम्दानी बढेसँगै कम्पनीको खुद नाफामा सुधार आएको हो । असार मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ७०.१४ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्ममा ३९ करोड २५ लाख ४७ हजार रुपेयाँ सञ्चालन आम्दानी आर्जन गरेको यस कम्पनीले गत आवमा भने ६६ करोड ७८ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको हो । 

    यता, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ५७.०१ प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी ५५.७८ प्रतिशत र कुल सञ्चालन खर्च ६०.३३ प्रतिशत बढेको छ।

    नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २ रुपैयाँ १३ पैसा बढेर ४ रुपैयाँ पुगेको छ। 

    असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९४ रुपैयाँ ६९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४७.८७ गुणा रहको छ।

    ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ करोड ७१ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार