images
images

नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • नेशनल लाईफ इन्स्योरेन्सको अत्याधुनिक सुविधा सम्पन्न भवनको वास्तु पुजा सम्पन्न

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले नेपालगंज सुर्खेत रोडमा निर्माण सम्पन्न गरेको अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवनको कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूबाट वास्तु पुजा सम्पन्न भएको छ ।

    images
    images

    वास्तु पुजामा कम्पनीका संचालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायत उच्च पदस्थ कर्मचारीहरु सहित बरिष्ठ अभिकर्ताहरुको सहभागिता रहेको थियो । 

    सो समारोहमा अध्यक्षज्यूले कम्पनीको यो भवन लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको र यस भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गरिने योजना रहेको बताए । 

    पुजामा सहभागि बरिष्ठ अभिकर्ताहरुले आफ्नो क्षेत्रमा कम्पनीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै भवन निर्माणबाट यस क्षेत्रको बीमा व्यवसाय प्रवद्र्धन हुनेमा आपूmहरु विश्वस्त रहेको बताएका थिए ।

    ७२ अर्व भन्दा बढि जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनी मध्येको एक नेशनल लाईफ इन्स्योरेन्स ले नियामक निकाय श्री नेपाल बीमा प्राधिकरणको स्वीकृतीमा भवन निर्माण गरेको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार