images
images

सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

शुक्रवार, साउन ३२ २०८१
शुक्रवार, साउन ३२ २०८१
  • सोलुखुम्बुको थामे गाउँमा लेदोसहित भीषण बाढी, हिमताल फुटेको स्थानीयको आशंका

    सोलुखुम्बुको थामे गाउँमा भीषण बाढी आएको छ । 

    भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।

    स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हितताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।

    गाउँपालिकाकाले हिम पहिरो फुटेकोले बाढी आएको आशंका गरेको छ । 

    बाढीले थामे गाउँमा ठूलो क्षति भएको भन्दै दुधकोशी तटीय क्षेत्रकालाई सतर्कता अपनाउन आग्रह गरिएको छ । 

    हिमपोखरी फुटेर भएको क्षतिबारे अहिलेसम्म एकिन विवरण नआएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार