images
images

सानिमा रिलायन्स लाइफको बार्षिक वित्तीय विवरण : अधिकांश सूचकमा बृद्धि, खुद बीमा शुल्क आर्जन कति ?

सानिमा रिलायन्स लाइफको बार्षिक वित्तीय विवरण : अधिकांश सूचकमा बृद्धि, खुद बीमा शुल्क आर्जन कति ?

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • सानिमा रिलायन्स लाइफको बार्षिक वित्तीय विवरण : अधिकांश सूचकमा बृद्धि, खुद बीमा शुल्क आर्जन कति ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३५ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षमा कम्पनीले ३५ करोड ८ लाख खुद नाफा आर्जन गरेको हो । यो नाफा गत आर्थिक बर्ष २०७९/८० को सोही अवधीको तुलनामा ५९.९१ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ९३ लाख नाफा गरेको थियो । 

    वित्तीय विवरण अनुसार चौथो त्रैमाससम्ममा कम्पनीको नाफासहित अधिकांश सूचकमा बृद्धि देखिएको छ ।

    समिक्षा अवधिमा कम्पनीले ५ अर्ब ८६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्कमा ७४ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ३५ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले ६ अर्ब १८ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७४ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३ अर्ब ५५ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको महाविपत्ती कोषमा १२ करोड ५४ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा १ अर्ब १ करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा २ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोष १४ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १० अर्ब ९१ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार बढेको हो ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत ३२ करोड ३३ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले १९ करोड ३७ लाख रुपैयाँ खर्चिएको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीले पुनर्बीमा मार्फत बढी रकम खर्चिएको हो ।

    यस अवधिमा कम्पनीले ६५ करोड ३१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले अभिकर्ता कमिशन मार्फत ४३ करोड ५७ लाख रुपैयाँ खचिर्एको थियो । 

    कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ३८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १२७ रुपैयाँ ८४ पैसा रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार