images
images

‘अक्वा त्रिदेव’ ब्राण्डको पानीमा कोलिफर्म भेटियो, २ लाख रुपैयाँ जरिवाना

‘अक्वा त्रिदेव’ ब्राण्डको पानीमा कोलिफर्म भेटियो, २ लाख रुपैयाँ जरिवाना

बिहिवार, साउन ३१ २०८१
बिहिवार, साउन ३१ २०८१
  • ‘अक्वा त्रिदेव’ ब्राण्डको पानीमा कोलिफर्म भेटियो, २ लाख रुपैयाँ जरिवाना

    काठमाडौँ / जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीलाई काठमाडौँ महानगरपालिकाले २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । उद्योगले उत्पादन गरेको ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरले जरिवाना गरेको हो । 

    images
    images

    जरिवानाको साथै तारकेश्वर नगरपालिका वडा नं.१० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ । 

    पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुने निरीक्षण अधिकृत डा.अवधेश झाले बताए । 

    उनका अनुसार साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । 

    यसरी लिइएको नमुना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमुना परीक्षणबाट मंगलबार आएको रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिएको महानगरले जनाएको छ । 

    प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको महानगरले जनाएको खाद्य प्राविधिक अनिल बस्नेतले बताए । 

    उनले भने, “नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।”

    कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार