images
images

सिटिजन लाइफको बार्षिक प्रगति : जीवन बीमा कोष ४१.५४ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क आर्जन कति ?

सिटिजन लाइफको बार्षिक प्रगति : जीवन बीमा कोष ४१.५४ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क आर्जन कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • सिटिजन लाइफको बार्षिक प्रगति : जीवन बीमा कोष ४१.५४ प्रतिशतले बढ्यो, खुद बीमाशुल्क आर्जन कति ?

    काठमडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार ३ अर्ब ९३ करोड शेयर पूँजी भएको कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३२ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१६.५६ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यता, असार मसान्तसम्ममा कम्पनीले ६ अर्ब २१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो शुल्क आर्जन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४७ प्रतिशतले वृद्धि भएको हो ।अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ८९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शिर्षकमा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ९७ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ६३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १० अर्ब २० करोड रहेको थियो । अघिल्लो आर्थिक वर्षको असारमसान्तको तुलनामा गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ४१.५४ प्रतिशतले वृद्धि भएर १४ अर्ब ४४ करोड पुगेको छ ।

    कम्पनीले यस अवधिमा ५ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ६.५६ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३७ करोड ३५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४१ करोड ११ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    समिक्षा अवधिमा कम्पनीले ६४ करोड ५५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ८८ लाख रुपैयाँ खर्चिएको थियो ।

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८.२५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७६.९६ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार