images
images

एशियन लाइफको बार्षिक वित्तीय विवरण : मुनाफा ३६ प्रतिशतले वृद्धि, सबै सूचांकमा देखियो प्रगति

एशियन लाइफको बार्षिक वित्तीय विवरण : मुनाफा ३६ प्रतिशतले वृद्धि, सबै सूचांकमा देखियो प्रगति

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • एशियन लाइफको बार्षिक वित्तीय विवरण : मुनाफा ३६ प्रतिशतले वृद्धि, सबै सूचांकमा देखियो प्रगति

    काठमडौँ  एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीको मुनाफासहितका अधिकांश वित्तीय सूचकहरुमा वृद्धि देखिएको हो । 

    images
    images

    गत आवको चौथो त्रैमाससम्ममा यस कम्पनीले ३२ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३६.९१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड  रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    कूल तीन अर्ब १५ करोड ५३ लाख चुक्ता पुँजि भएको एशियन लाइफको जीवन बीमा कोष तीन अर्ब ७६ करोड ८१ लाख पुगेको छ । गत आवको यसै अवधीमा यस्तो कोषको आकार तीन अर्ब ७६ करोड ६५ लाख रुपैयाँ रहेको थियो । त्यस्तै जगेडा कोषमा ४९ करोड ३३ लाख रुपैयाँ संचित रहेको छ ।

    कम्पनीले कूल ३४ अर्ब ५५ करोड रुपैयाँ लगानी गरेको छ । त्यस्तै ४ अर्ब ७८ करोड रुपैयाँ बीमितलाई ऋण लगानी गरेको छ । कम्पनीको लगानी ०.१९ प्रतिशतले बृद्धि भएको छ भने जीवन बीमा कोष ०.०४ प्रतिशतले बृद्धि भएको छ ।

    यता, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म  कम्पनीको महाविपत्तीकोषमा २२ करोड ७२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३४ करोड ९ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीले ८ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १४.७५ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब १ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २० करोड १५ लाख रुपैयाँ खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६२ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।

    कम्पनीले यस अवधिमा ७ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १४.७६ प्रतिशतले वृद्धि भएको हो ।

    त्यस्तै, कुल खुद दावी भुक्तानी ५९.५२ प्रतिशतले बृद्धि भई दुई अर्ब ९२ करोडबाट बढेर चार अर्ब ६६ करोड पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त आम्दानी २२.३ प्रतिशतले बृद्धि भई तीन अर्ब ५५ करोडबाट बढेर चार अर्ब ३४ करोड नाघेको छ । त्यस्तै कमिशन खर्च भने ७१ करोड ५४ लाख रुपैयाँबाट बढेर ७२ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीले ७२ करोड ७५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ५४ लाख रुपैयाँ खर्चिएको थियो । 

    यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.६६ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ ११८.०७ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार