images
images

रमेश खरेलले दिए प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

रमेश खरेलले दिए प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • रमेश खरेलले दिए प्राधिकरणका निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। 

    images
    images

    अकुत सम्पत्ति आर्जन गरेको भन्दै छानबिनको माग राख्दै नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले निर्देशक घिसिङविरुद्ध उजुरी दिएका हुन् । 

    घिसिङविरुद्ध उजुरी दिएको जानकारी दिँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, “‘घिसिङ प्रबन्ध निर्देशकमा नियुक्त भएको एक वर्षपछि २०७४ साउन ५ गते उनले आफ्ना चार भाइको नाममा तीन करोड पुँजी भएको तेन्डेल हार्डवेयर प्रा.लि.दर्ता गरिदिएका थिए । उक्त कम्पनीमा आफ्ना चार दाजुभाइ गणेश, अनिल, सानुकान्छा र सुरेश घिसिङको नाममा प्रतिव्यक्ति ७५ हजार सेयर कित्ता हुने गरी कम्पनी खोलेको पाइएको छ ।”

    रामेछापको सामान्य परिवारमा जन्मिएका उनका दाजुभाइले करोडौँको कम्पनी खोल्न नसक्ने उनको दावी छ । 
    उनले अगाडि लेखेका छन्, “यहीनिर प्रश्न उठ्छ– कुनै पेसा व्यवसाय नै नभएका चार दाजुभाइले त्यति ठुलो लगानीको हार्डवेयर कसरी खोले ? यसको जवाफ हो– कुलमानले नै यसको सबै व्यवस्थापन गरेका थिए ।”

    कुलमानको सुनकोसी इन्जिनियरिङ कम्पनी अहिलेसम्ममा पनि घाटामा देखिएको उल्लेख गर्दै उनले  कुलमानको सम्पत्तिको छानबिन गरेर सत्यतथ्य बाहिर ल्याउन जरुरी रहेको बताएका छन् । 

    खरेलले विद्युत् खरिद सम्झौता पीपीएमा धेरै ठुलो घोटाला गरेको दाबी गर्दै उनले अगाडि लेखेका छन्, “कुलमान घिसिङले ६६ वटा कम्पनीसँग कानुन विपरीत पीपीए गर्दा नेपाल सरकारको खातामा आउने एक करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व गुमेको छ ।, कुलमानले २०७५ र २०७६ सालको विभिन्न मितिमा विभिन्न ऊर्जा उत्पादक कम्पनीसँग पावर पर्चेज एग्रिमेन्ट गरेका थिए । उनले ती कम्पनीसँग विद्युत् नियमन आयोगको स्वीकृतिबिना पीपीए गर्दा विद्युत् नियमन आयोगको खातामा जम्मा गर्नुपर्ने यति मोटो रकम गुमाउनुपरेको हो ।” 

    उनले लाल आयोगको प्रतिवेदन अनुसार छुट महसुलको लागि प्राधिकरणले पठाएको बिलमा उल्लेख गरिएको रकम नै झुटो भएको उल्लेख गरेका छन्।

    सरकार कुलमानको बचाउमा लाग्नुको कारण बुझ्न अनुसन्धान हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

    कुलमानका कारण दैनिक करोडौँ नोक्सान भइरहेको उल्लेख गरेका छन् ।  रसुवाको सान्जेन जलविद्युत आयोजना र रसुवागढि जलविद्युत आयोजनाले विद्युत बेच्न नपाएको उल्लेख गर्दे उनले लेखेका छन्, “बिजुली लैजानको लागि बाटो अर्थात प्रशारण लाइन बनाउने जिम्मा नेपाल विद्युत प्राधिकरणको हो । तर प्राधिकरण गैरजिम्मेवार बन्दा प्रसारण लाइन बनाउनै सकेको छैन । जसका कारण अर्बौ लगानी भएको र दैनिक एक करोडको आम्दानी दिने रसुवागढि जलविद्युत आयोजनाको उत्पादन खेर गैरहेको छ । अर्थात दैनिक एक करोड रुपैयाँ भन्दा बढी आम्दानी उक्त आयोजनाले गुमाइरहेको छ ।”

    घिसिङले आफुले चाहेको ठेकेदारलाई ठेक्का दिदा यस्तो अवस्था आएको उनको दावी छ । उक्त विषयमा पनि छानबिन गरिनुपर्ने उनको माग छ । 

      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार