images
images

सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • सुमेरु सहकारी प्रकरण : पूर्वराजाका ज्वाईं राजबहादुर सिंहसँग संसदीय विशेष समितिले लियो बयान
    images
    images

    काठमाडौँ / सुमेरु वचत तथा ऋण सहकारी संस्थाको वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले शेयरसदस्य राजबहादुर सिंहसँग बयान लिएको छ । 

    सुमेरू वचत तथा ऋण सहकारी संस्था पुल्चोकका शेयरसदस्य रहेका राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईंसमेत हुन् । 

    बयानमा सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएको समितिका सभापति सूर्य थापाले जानकारी दिए । 

    बयानका क्रममा सोही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको सिंहले जानकारी गराएका छन् ।

    २३ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारीको पुल्चोक, धापाखेल, गठ्ठाघर शाखा र काठमाडौं महानगरपालिका कालिमाटीमा रहेको सोही नामको संस्थाले बचतकर्ताको १० अर्ब ३४ करोड ७ लाख ३९ हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

    उक्त रकम ठगेर सहकारीका अध्यक्ष भरत महर्जन बेलायतमा लुकेका छन् ।

    उनलाई पक्राउ गर्न नेपाल प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस समेत जारी गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार