images
images

मन्त्री अधिकारीको निर्देशन - ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण र उपयोगमा ध्यान दिनु

मन्त्री अधिकारीको निर्देशन - ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण र उपयोगमा ध्यान दिनु

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • मन्त्री अधिकारीको निर्देशन - ट्रष्टको नाममा रहेका जग्गाको संरक्षण र उपयोगमा ध्यान दिनु

    काठमाडौँ / भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले नेपाल ट्रष्टको नाममा रहेको जग्गाको रेखदेख संरक्षण र यसको सम्पत्तीलाई उपयोगी हुने गरी प्रयोग गर्न सञ्चालक समिति र कर्मचारीलाई निर्देशन दिएका छन् । 

    images
    images

    प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको कार्यालयमा अध्यक्षको रूपमा पहिलो पटक पुगेका मन्त्री अधिकारीले मातहतका निकायबाट बिफ्रिङ् सुनेपछि सो निर्देशन दिएका हुन् । 

    नेपाल ट्रष्टसँग काठमाडौँलगायत देशका बिभिन्न भुभागमा जग्गा जमिन, ऐतिहासिक दरबार, ब्यवसायिक भवनहरू, बिभिन्न निकायमा सेयर रहेको उल्लेख गदैं मन्त्री अधिकारीले भएका सम्पत्तिमार्फत ट्रष्टलाई मुनाफा हुने गरी कानुनसम्मत तरिकाले काम गर्न र ट्रष्टमातहत ल्याउनुपर्ने जग्गा तथा भवनहरूको खोजबिन गर्न मन्त्री अधिकारीले निर्देशन दिए । 

    मन्त्री अधिकारीले ट्रष्टका सचिव रामआधार शाहलाई हालसम्मको प्रगति बिवरण र आउने आर्थिक बर्षमा अनिवार्य सम्पादन गर्न सकिने कामहरूको लिष्ट तयार गरेर जतिसक्दो छिटो जानकारी गराउन निर्देशन समेत दिएका छन् । 

    बिफ्रिङ् तथा मन्त्रीको स्वागत कार्यक्रममा सचिव, सञ्चालक समितिका सदस्यहरू, कर्मचारीलगायतको उपस्थीति रहेको थियो । प्रधानमन्त्री संरक्षक रहने ट्रष्टको अध्यक्ष प्रधानमन्त्रीले भूमिब्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्रीलाई जिम्मेवारी तोकेका थिए । 

    नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ ले ‘राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरूको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ’भन्ने व्यवस्था गरे मुताविक नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भई नेपाल ट्रष्ट स्थापना भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार