images
images

पिउने पानीमा कीरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना

पिउने पानीमा कीरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना

सोमवार, साउन २८ २०८१
सोमवार, साउन २८ २०८१
  • पिउने पानीमा कीरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गरेको छ । सिल गरेको प्रशोधित पानीको बोतलमा कीरा भेटिएपछि महानगरपालिकाले किम्चीलाई जरिवना गरेको हो । 

    images
    images

    गत शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाले ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ विषयमा महिला सञ्जालका संयोजक, वडा सदस्य, वडा सचिव र न्यायिक सहजकर्तालाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको थियो । 

    सो कार्यक्रममा सहभागी वडा नं. ११ का वडा सदस्य यशोमती परियारले सिल गरेको प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि उक्त पानीमा कीरा सल्वलाएको देखिन् । 

    कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । 

    अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख डंगोलले दुषित पानी बिक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर निस्किएपछि कार्यक्रम नै रोकिएको थियो । 

    ‘पानीजन्य संक्रमणका जोखिम रहेको अवस्थामा सिल बोतलभित्र अखाद्य बस्तु देखिनु चरम लापर्वाही भएको उपप्रमुख डंगोलले बताइन् । 

    water.JPG

    तत्काल अनुगमन टोलीले रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो । शुक्रबार कार्यालय समय सकिएको र शनिबार सार्वजनिक बिदा परेको कारणले महानगरले आइतबार किम्चीलाई जरिवाना गर्ने निर्णय गरेको हो । 

    रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नंं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा.लि.ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो । 

    खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यसअघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई समेत २ पटक जरिवाना तिराएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार