images
images

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • सिटिजन्स क्यापिटलको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि
    images
    images

    काठमाडौँ / सिटिजन्स क्यापिटल लिमिटेडको १८ औं वार्षिक साधारण भाद्र १७ गते गर्ने भएको छ । संस्थाले आ.व.२०८०/८१ मा चुक्ता पुजीको १५‍.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

    आ.व.२०८०/८१ मा सिटिजन्स क्यापिटल लिमिटेडको लाभांश क्षमतामा ३० प्रतिशतले वृद्धि भएको छ कम्पनीले जनाएको छ । आ.व.२०८०/८१ मा समग्र आर्थिक चुनौतीहरूका बाबजुद कम्पनीले अघिल्लो आ.व. भन्दा वृद्धि हासिल गर्न सक्षम भएको जनाएको छ ।

    कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फण्डमा निरन्तर नयाँ आयामहरू थप्दै ग्राहकहरुलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै अगाडि बढेको जनाएको छ । 

    नेपाल धितोपत्र बोर्डबाट लगानीकर्ताहरुसँग प्रत्यक्ष सरोकारका कामहरु गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटल लि. सिटिजन्स बैंकको सहायक कम्पनी रहेको र यो कम्पनीमा कर्मचारी संचय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ ।

    काठमाडौं डिल्लीबजार स्थित बाटुलेघरमा संस्थाको रजिष्ट्रर कार्यालय रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार