images
images

सिटिजन्स क्यापिटलको बार्षिक साधारण सभा भदौ १७ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?

सिटिजन्स क्यापिटलको बार्षिक साधारण सभा भदौ १७ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?

आइतवार, साउन २७ २०८१
आइतवार, साउन २७ २०८१
  • सिटिजन्स क्यापिटलको बार्षिक साधारण सभा भदौ १७ गते, लाभांशसहित अन्य के–के छन् प्रस्ताव ?

    काठमाडौँ / सिटिजन्स क्यापिटल लिमिटेडले १८औँ वार्षिक साधारण सभा भदौ १७ गते गर्ने भएको छ । 

    images
    images

    बार्षिक साधारण सभा भदौ १७ गते एटिक मिटिङ्ग हल, ज्ञानेश्वरमा गर्ने कम्पनीले जनाएको हो । सभा बिहान ११ बजे बोलाएको हो ।

    सभाले चुक्ता पूँजीको १५.५० प्रतिशतका दरले हुन आउने रकम तीन करोड दस लाख नगद लाभांश (लाभांश कर समेत) पारित गर्ने छ ।

    सभाले आव २०८१/८२ को लागि लेखापरीक्षण समितिको सिफारिसमा लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने छ ।

    यस्तै, सभाले आ.व. २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्तको कम्पनीको वासलात र साउन १ गतेदेखि २०८१ असार ३१ गतेसम्मको नाफा नोक्सानीको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

    साधारण सभा प्रयोजनको लागि सभाले भदौ ६ गते बुक क्लोक गर्ने भएको छ । तसर्थ ५ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार