काठमाडौं/ नेपाली सेनाले हिजो विहिबार साउन २५ गते सेनाका विभिन्न व्यक्तिहरुलाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।
कार्यक्रममा यहि २२ गतेको मितिबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मधुकर सिंह कार्कीलाई कायम मुकायम प्रधान सेनापति रथी अशोकराज सिग्देलले जंगी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गगरेका थिए ।
पदोन्नतिसँगै उपरथी कार्की राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह संयोजकमा नियुक्त भएका छन् ।
कायम मुकायम प्रधान सेनापतिले सोही अवसरमा सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक डेन्टिष्ट महासेनानी डा. समीर अर्याल, महासेनानी जगदीश खड्का र महासेनानी अमृत काजी गुरुङलाई सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह एवं महासेनानी दर्जामा पदोन्नति भएका प्रमुख सेनानी शैलेन्द्र कोइरालालाई महासेनानी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर ।
यस्तैगरी आयोजित एक अर्को कार्यक्रममा सि.सं.६१ अधिकृत आधार तालिममा छनौट भई मित्रराष्ट्र भारतको क्ष्लमष्बल ःष्ष्तिबचथ ब्अबमझथ ९क्ष्ःब्० बाट अधिकृत आधारभूत तालिम सम्पन्न गरी स्वदेश फिर्ता भएका ४ जना अधिकृत क्याडेटहरुलाई कामय मुकायम प्रधान सेनापतिले उपसेनानी दर्जाको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका छन् ।
आयोजित कार्यक्रमहरूमा रथीवृन्द तथा अधिकृतहरूका साथै पदोन्नति भएका रथीवृन्द एवं अधिकृतहरूका परिवारजनको उपस्थिति थियो ।