images
images

बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने नोबेल पुरस्कार विजेता युनुस को हुन् ?

बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने नोबेल पुरस्कार विजेता युनुस को हुन् ?

बुधवार, साउन २३ २०८१
बुधवार, साउन २३ २०८१
  • बङ्गलादेशको अन्तरिम सरकारको नेतृत्व गर्ने नोबेल पुरस्कार विजेता युनुस को हुन् ?

    बङ्गलादेशका राष्ट्रपतिले बुधबार नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्नेगरी जिम्मेवारी तोकिएको घोषणा गरेका छन् । 

    images
    images

    “बङ्गलादेशी निम्न वर्गको उत्थानका लागि काम गरेका ८४ वर्षीय युनुसलाई अन्तरिम सरकारको नेतृत्व दिन विद्यार्थी नेताहरूले गरेको आह्वानपछि उनलाई अन्तरिम सरकारको जिम्मेवारी सुम्पिएको हो ।

    राष्ट्रपति मोहम्मद शाहबुद्दिन, सेना, नौसेना र वायुसेनाका प्रमुखहरू र विद्यार्थी नेतासँगको बैठकपछि यो निर्णय गरिएको हो । “बैठकमा प्रोफेसर डा. मुहम्मद युनुसलाई प्रमुख बनाएर अन्तरिम सरकार गठन गर्ने निर्णय भएको छ,” साहाबुद्दिनको कार्यालयले एक विज्ञप्ति जारी गरी जानकारी गराएको छ । 

    विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपतिले जनतालाई राजनीतिक सङ्कटबाट बाहिर निस्कन सहयोग गर्न आग्रह गर्नुभएको छ । देशमा आएको यो सङ्कटलाई पार गर्न अन्तरिम सरकारको द्रूत गठन आवश्यक छ ।” 

    बैठकमा सहभागी ‘स्टुडेन्ट एगेन्स्ट डिस्क्रिमिनेशन’ समूहका विद्यार्थी नेता हैदर इस्लामका अनुसार युनुसले सरकारमा प्रमुख सल्लाहकारको जिम्मेवारी पाउनेछन् । 

    इस्लामले पत्रकारलाई बताएअनुसार साहाबुद्दिनले ‘सकेसम्म कम समयमा’ अन्तरिम सरकार गठन गर्ने कुरामा सहमति जनाएका छन् । इस्लामले राष्ट्रपतिसँगको उक्त बैठक ‘फलदायी’ भएको बताए । हाल युरोपमा रहेका युनुसले मङ्गलबार आफू अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुक रहेको बताएका थिए । 

    “यदि बङ्गलादेशमा मेरो देश र साहसी जनताका लागि जिम्मेवारी आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले एक विज्ञप्तिमार्फत ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् । 

    को हुन् मोहम्मद युनुस ?

    मोहम्मद युनुसको जन्म सन् २८ जुन, १९४० मा चटगाउँमा भएको थियो। उनी बंगलादेशका एक सामाजिक उद्यमी, बैंकर, अर्थशास्त्री र सामाजिक अभियान्ता तथा नेता हुन् । 

    गरीबी उन्मूलनका लागि योगदान गरेका उनले स्न २००६ मा नोवेल पुरस्कार प्राप्त गरे । त्यसपछि भने उनले अन्तर्राष्ट्रिय ख्याति प्राप्त गरे । 

    युनुसले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए, जसले गरिब उद्यमीहरूलाई साना ऋण उपलब्ध गराउँछ। बंगलादेशको यो कामको विश्वभर प्रशंसा भयो ।

    उनको शैक्षिक पृष्ठभूमि फराकिलो रहेको छ । भान्डरबिल्ट विश्वविद्यालयमा अर्थशास्त्र अध्ययनका लागि छात्रवृत्ति पाउनुअघि उनले ढाका विश्वविद्यालयमा अध्ययन गरे, ।

    जहाँ उनले १९६९ मा पीएचडीको उपाधि हासिल गरे। उनले मिडल टेनेसी स्टेट युनिभर्सिटीमा अर्थशास्त्रको सहायक प्रोफेसरको रूपमा आफ्नो शैक्षिक क्यारियर सुरु गरे ।

    पछि चटगाउँ विश्वविद्यालयमा अर्थशास्त्र विभागको प्रमुख हुन उनी बंगलादेश फर्किए। नोबेल पुरस्कार बाहेक युनुसलाई धेरै प्रतिष्ठित पुरस्कारले पनि सम्मानित गरिएको छ ।

    सन् २२०९ मा, युनाइटेड स्टेट्स प्रेसिडेन्सियल मेडल अफ फ्रिडम र २०१९ मा कांग्रेसनल गोल्ड मेडल प्राप्त गरेका छन् । 

    त्यसैगरी उनले मोहम्मद शब्दिन अवार्ड, वर्ल्ड फुड अवार्ड, किंग हुसैन मानवतावादी नेतृत्व अवार्ड, भोल्भो पर्यावरण अवार्ड, क्षेत्रीय विकासका लागि निक्केई एसिया अवार्ड, फ्र्याङ्कलिन डी रुजवेल्ट फ्रिडम अवार्ड समेत प्राप्त गरिसकेका छन् ।
    साथै, उनले सन् २०११ मा सोशल बिजनेस ग्लोबल इनिसिएटिभ्सको सह–स्थापना गरे । जुन विश्वभर सामाजिक व्यवसायहरूलाई प्रवर्द्धन गर्न केन्द्रित छ।

    उनले सन् २०१२ मा स्कटल्याण्डको ग्लासगो क्यालेडोनियन विश्वविद्यालयको कुलपति बने र २०१८ सम्म यो पदमा रहे। सन् १९९८ देखि २०२१ सम्म, उनले संयुक्त राष्ट्र फाउन्डेसनको बोर्ड अफ डाइरेक्टरको सदस्यको रूपमा पनि काम गरे।

    युनुसले १८ फेब्रुअरी २००७ मा नागरिक शक्ति नामको राजनीतिक दल बनाएका थिए ।  सोही वर्ष उनलाई श्रम कानून उल्लंघन गरेको आरोपमा ६ महिना जेल सजाय दिइयो।

    त्यस्तै, उनी २३ लाख अमेरिकी डलर हिनामिनाको मुद्दामा जेल पनि परेका थिए । यसमा देशको सबैभन्दा ठूलो मोबाइल फोन कम्पनी ग्रामीण फोनको ३४.२ प्रतिशत शेयर रहेको ग्रामीण टेलिकमको श्रम कल्याण कोष पनि समावेश छ। 

    यो कम्पनी नर्वेको दूरसञ्चार कम्पनी टेलिनोरको सहायक कम्पनी हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार