images
images

गुगल प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा एप ?

गुगल प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा एप ?

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • गुगल प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा एप ?

    काठमाडौँ / नेपालको डिजिटल भुक्तानी प्लाटफर्मममा लोकप्रिय ‘इसेवा’ एप एकाएक गुगल प्ले स्टोरबाट हराएको छ । ‘इसेवा’को एप मंगलबार बिहानदेखि प्ले स्टोरबाट हराएको हो । एप चलाइरहेका प्रयोगकर्तालाई केही असर नपरे पनि एकाएक गुगलले प्ले स्टोरबाट ‘इसेवा’ को एप हटाएपछि प्रयोगकर्ताहरूले भने चासो राखेका छन् । 

    images
    images

    केही समय अघिसम्म सामान्य रूपमा चलिरहेको एप अकस्मात् प्लेस्टोरमा नभेटिएपछि कतै इसेवामा भएको रकम हराउने हो किन भन्ने प्रयोगकर्ताहरूको चिन्ता छ । नेपालकै ठूलो डिजिटल भुक्तानी सेवा प्रदायकका रूपमा ‘इसेवा’ चिनिन्छ । डिजिटल भुक्तानी एपबारे यसअघि पनि प्रश्न उठ्ने गरेको थियो । एपको सुरक्षालाई लिएर उपभोक्ताहरूले सवाल उठाउँदै आएका थिए । 

    एन्ड्रोइड प्रयोगकर्ताका लागि गुगल प्ले स्टोरबाट एप डाउनलोडको सुविधा दिइएको हुन्छ । गुगल प्ले स्टोरबाट इसेवा एप गायब भए पनि आइओएस प्लाट फर्ममा भने यथावत छ। एण्ड्रोइडको नीति अनुसार यो एप प्लेस्टोरमा फर्कन २४ घण्टा लाग्नेछ । 

    इसेवा यसअघि प्राइभेट लिमिटेडमा भएकोमा केही अब पब्लिक कम्पनीमा परिणत भएकाले त्यससँग सम्बन्धित विवरण एप स्टोरमा अपडेट गर्नुपर्ने भएको कारण अपडेट गर्दा यो समस्या भएको इसेवाले सामाजिक सञ्जालमार्फत जानकारी गराएको छ ।

    Notice.jpg

    अपडेटको समयमा एण्ड्रोइडले अस्थायी रूपमा यस्ता एपहरूलाई प्लेस्टोरमा नदेखिने बनाउँछ। काम भइसकेपछि एक पटक प्लेस्टोरबाट हटाइएको एप पुनः फर्कन २४ घण्टाको समय लाग्छ।कम्पनीको नाम ईसेवा प्रालिबाट इसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट गर्ने काम भइरहेको बताइएको छ। 

    यसअघि पनि इसेवा, खल्ती, आईएमई पे लगायतका एपहरू गुगल प्लेस्टोरबाट हराएर रिभ्युपश्चात फिर्ता आएका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार