images
images

५१.८० प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

५१.८० प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • ५१.८० प्रतिशतले घट्यो नेपाल बैंकको नाफा, यस्तो छ बार्षिक वित्तीय अवस्था

    काठमाडौँ / नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको प्रकाशित विवरणअनुसार चौथो त्रैमाससम्म बैंकको खुद नाफा ५१.८० प्रतिशतले कम हो । 

    images
    images

    वित्तीय विवरण अनुसार गत आर्थिक बर्षमा बैंकले १ अर्ब ६५ करोड ६८ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ५१.८० प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ४३ करोड ७५ लाख ७८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।

    समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफामा उल्लेख्य बृद्धि देखिएको छ । अघिल्लो वर्ष ३ लाख ८९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको यस बैंकको यस्तो नाफा गत वर्ष ७६ करोड ९३ लाख रुपैयाँ पुगेको छ । 

    गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ११ करोड ३३ लाख रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड ६६ लाख रुपैयाँ पुगेको छ । 

    यससँगै बैंकको सञ्चालन नाफामा ३५.१९ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष ४ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले गत वर्ष २ अर्ब ८० करोड ९१ लाख रुपैयाँ मात्रै यस्तो नाफा गरेको छ ।

    यता, बैंकको सञ्चालन मुनाफा भने घटेर ५.८८ प्रतिशतले घटेर ८ अर्ब १५ लाख रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो वर्ष ९ अर्ब ५१ करोड २५ लाख रुपैयाँ थियो । 

    बैंकको खुद ब्याज आम्दानी ६.४३ प्रतिशतले घटेर ८ अर्ब ८० करोड २१ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष बैंकको यस्तो आम्दानी ९ अर्ब ४० करोड ६९ लाख रुपैयाँ थियो । गत वर्ष बैंकको कुल सञ्चालन आम्दानीमा ०.२६ प्रतिशतको सामान्य गिरावट देखिएको छ । गत वर्ष बैंकले १० अर्ब ५९ करोड ८२ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ जुन अघिल्लो वर्ष १० अर्ब ६२ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

    गत वर्ष बैंकको खुद सञ्चालन आम्दानी पनि १५.८८ प्रतिशतले घटेर ८ अर्ब १५ लाख रुपैयाँमा सिमित भएको छ । जुन अघिल्लो वर्ष ९ अर्ब ५१ करोड २५ लाख रुपैयाँ थियो । 

    गत वर्ष बैंकको ईपीएस २३ रुपैयाँ ३९ पैसाबाट घटेर ११ रुपैयाँ २८ पैसामा झरेको छ । बैंकको खराब कर्जा पनि २.८५ प्रतिशतबाट बढेर ३.२८ प्रतिशत पुगेको छ भने आधारदर ९.९२ प्रतिशतबाट घटेर ७.९७ प्रतिशतमा झरेको छ ।

    गत वर्षको असार मसान्तसम्म आइपुग्दा बैंकको चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ भने रिजर्भको आकार २.५५ प्रतिशतले बढेर २२ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।

    गत वर्ष बैंकले ग्राहकमा प्रवाह गर्ने कर्जा १०.३५ प्रतिशतले बढाएर १ खर्ब ९७ अर्ब ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ भने निक्षेप संकलन १५.७७ प्रतिशतले बढाएर २ खर्ब ८३ अर्ब ८ करोड ३७ लाख रुपैयाँ पुर्याएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार