images
images

मुक्तिनाथ विकास बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता ४.७१ प्रतिशत

मुक्तिनाथ विकास बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता ४.७१ प्रतिशत

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • मुक्तिनाथ विकास बैंकको नाफामा सामान्य सुधार, लाभांश क्षमता ४.७१ प्रतिशत

    काठमाडौँ / मुक्तिनाथ विकास बैँकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको प्रकाशित विवरणअनुसार चौथो त्रैमाससम्म बैंकको खुद नाफा २.४८ प्रतिशतले बढेको छ ।

    images
    images

    अघिल्लो आर्थिक बर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब २४ करोड ८२ लाख २६ हजार रुपैयाँ नाफा गरेको मुक्तिनाथ विकास बैँकले समीक्षा अवधिमा भने २.४८ प्रतिशत बढी १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको हो । 

    बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको नाफासमेत बढेको छ । नाफा बढेसँगै बैंकको इपिएस (प्रतिशेयर आम्दानी) समेत बृद्धि भएको छ । 

    अघिल्लो आर्थिक बर्षको चौथो त्रैमासमा ४ अर्ब १० करोड ४० लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको बैंकले गत आर्थिक बर्षको सोही अवधिमा सो रकम १.९२ प्रतिशतले बृद्धि गरी ४ अर्ब १८ करोड ३० लाख ९५ हजार रुपैयाँ पुर्याएको छ । 

    त्यस्तै, बैंकको सञ्चालन मुनाफासमेत १.५० प्रतिशतले बढेको छ । अघिल्लो बर्षको चौथो त्रैमासमा १ अर्ब ८२ करोड ५ लाख ७३ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेकोमा बैंकले समीक्षा अवधिमा १ अर्ब ८४ करोड ७८ लाख ६५ हजार रुपैयाँ यस्तो नाफा गरेको छ ।

    नाफा बढेको बैंकको प्रतिशेयर आम्दानी (इपिएस)समेत ०.४४ प्रतिशतले बढेको छ । अघिल्लो बर्ष १७ रुपैयाँ ७१ पैसा रहेको बैंकको इपिएस समीक्षा अवधिमा भने बढेर १८ रुपैयाँ १५ पैसा पुगेको छ ।

    यता, यसको वितरणयोग्य नाफा ३३ करोड १८ लाख रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ४.७१ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

    चक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको मुक्तिनाथको जगेडा कोषमा ३ अर्ब १७ करोड रुपैयाँ जम्मा रहेको छ । प्रतिशेयर नेटवर्थ भने १४९ रुपैयाँ ७१ पैसा रहेका छ । एनपीएल २.२६ प्रतिशत कायम भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार