काठमाडौँ / हिमालयन बैंकले स्वयम्भु शाखा-२ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिकामा स्थानान्तरण गरेको छ ।
हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये स्वयम्भु शाखा-२ लाई बालाजु चोकमा स्थानान्तरण गरी बालाजु शाखाबाट बैंकिङ सेवा प्रदान गरी सोमबारदेखि सञ्चालनमा ल्याएको हो ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरू तथा अन्य अतिथिहरूको उपिस्थतिमा गरेका हुन् ।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २६४ एटिएम, ६,५०० भन्दा बढी पिओएस टर्मिनल र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।