images
images

धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गर्दै प्रधानमन्त्री ओलीले भने - नेपाल टनेल युगमा प्रवेश छ

धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गर्दै प्रधानमन्त्री ओलीले भने - नेपाल टनेल युगमा प्रवेश छ

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गर्दै प्रधानमन्त्री ओलीले भने - नेपाल टनेल युगमा प्रवेश छ

    काठमाडौँ / प्रधानमन्त्री केपी ओली शर्मा ओलीले धेद्रे सुरुङ मार्गको ब्रेक थ्रु गरेका छन् । सोमबार आयोजित एक कार्यक्रममा काठमाडौँ–तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको धेद्रे सुरुङ मार्गको उद्घाटन प्रधानमन्त्री ओलीले स्विच थिचेर ब्रेक थ्रु गरेका हुन् । 

    images
    images

    नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गतको यो सुरुङमार्गको लम्बाइ १ हजार ७२८ मिटर रहेको छ । 

    प्याकेज नं.२ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङको जोडी सुरुङमध्ये  काठमाडौँबाट निजगढतर्फको सुरुङ मार्ग आज ब्रेक थ्रु गरिएको हो । 

    ब्रेक थ्रु कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काठमाडौँ(तराईरमधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य नयाँ प्रविधियुक्त ढङ्गले अघि बढिरहेकोमा खुसी व्यक्त गरे । 

    नेपालका लागि राष्ट्रिय गौरव तथा विशेष महत्त्व राख्ने यस आयोजना नेपालको विकास निर्माणमा नमुनायुक्त रहेको बताउँदै उनले नेपाल टनेल युगमा प्रवेश गरेको समेत उल्लेख गरे । 

    सो अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौँ–तराई–मधेस द्रुतमार्ग सडक आयोजना निर्माण कार्यमा आउने बाधा व्यवधानहरूलाई समाधान गर्न नेपाल सरकार हर हमेसा तत्पर रहेको उल्लेख गर्दै तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्ने गरी अघि बढ्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिए । 

    त्यस्तै, प्रधान सेनापति महारथी प्रभुराम शर्माले नेपाली सेना द्रुतमार्ग निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए ।

    dhedre .jpg 

    कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल,  भौतिक पूर्वाधार तथा यातायात मन्त्री, रक्षा मन्त्री, वन तथा वातावरण मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका मुख्य सचिव तथा विभिन्न मन्त्रालयका सचिवहरू, मित्र राष्ट्र चीन तथा दक्षिण कोरियाका महामहिम राजदूत, रथीवृन्द, सञ्चारकर्मी लगायत द्रुतमार्ग निर्माणमा सहभागी सैनिक तथा गैर सैनिक व्यक्तिहरूको उपस्थिति थियो ।

    गत जेठ ११ गते धेद्रे सुरुङ मार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौँ तर्फ आउने १ हजार ६५३ मिटर लम्बाइको सुरुङ मार्ग छिचोलिएको थियो । 

    1.png

    यससँगै आयोजनामा निर्माणाधीन लेन डाँडा र धेद्रेका दुवै जोडी सुरुङहरू छिचोलिएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार