images
images

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड, कुन बैंकले कति कमाए ?

राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड, कुन बैंकले कति कमाए ?

सोमवार, साउन २१ २०८१
सोमवार, साउन २१ २०८१
  • राष्ट्रिय स्तरका विकास बैंकको वित्तिय विवरण : नाफा ५ अर्ब ५५ करोड, कुन बैंकले कति कमाए ?

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा राष्ट्रिय स्तरका विकास बैंकहरूले ५ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । 

    images
    images

    बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वित्तिय विवरण अनुसार गत आवमा हाल संचालनमा रहेका राष्ट्रिय स्तरका आठ विकास बैंकहरुले ५ अर्ब ५५ करोड ६८ लाख ७३ हजार रुपैयाँ नाफा आर्जन गरेको छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ९.३९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विकास बैंकहरुले ५ अर्ब ७ करोड ९७ लाख ४८ हजार रुपैयाँ नाफा कमाएका थिए ।

    सार्वधीक कमाउनेमा मुक्तिनाथ विकास

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले यसअवधिमा १ अर्ब २७ करोड ९१ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    अन्य कुन बैंकले कति कमाए ? 

    यसअवधिमा नाफा सबैभन्दा धेरै हुने कम्पनीको दोस्रो नम्बरमा गरिमा विकास बैंकको १०.१६ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । 

    यस्तै, तेस्रो नम्बरमा रहेको शाइन रेसुङ्गा डभेलपमेन्ट बैंकको ७।९९ प्रतिशतले घटेर ६९ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ भने, चौथो नम्बरमा रहेको लुम्बिनी विकास बैंकको २१.३२ प्रतिशतले बढेर ६० करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 
     
    यस्तै, गत आवमा कामना सेवा विकास बैंकको नाफा ६६.९३ प्रतिशतले बढेर ६० करोड ३२ लाख रुपैयाँ पुगेको छ भने सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो नाफा ९२.४७ प्रतिशतले बढाएर ५२ करोड ४ लाख रुपैयाँ पुराएको छ । 

    यता, महालक्ष्मी विकास बैंकको २४.५२ प्रतिशतले बढेर ४७ करोड १ लाख रुपैयाँ र ज्योति विकास बैंकको १८.३३ प्रतिशतले घटेर २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार