images
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दिने

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दिने

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले बिवाइडीका गाडी किन्नेलाई ८० प्रतिशतसम्म कर्जा दिने

    काठमाडौँ / नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । 

    images
    images

    नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो ।

    समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

    सम्झौताअनुसार बीवाइडीका सबै मोडेलहरूको खरिदका लागि एनआईएमबीले ८० प्रतिशतसम्म कर्जा दिनेछ । 

    बीवाइडीका गाडी किन्न इच्छुक ग्राहकले एनआईएमबीका कुनै पनि शाखामा अटो लोनका लागि आवेदन दिन सक्नेछन् ।

    बैंकका अनुसार योग्य ग्राहकका लागि तीन कार्यदिनभित्र कर्जा उपलब्ध गराउने छ । बैंकले बीवाइडीका गाडीहरूका लागि आधार ब्याजदर र वार्षिक १ प्रतिशत प्रिमियममा ऋण उपलब्ध गराउनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार