images
images

एक बर्षमा सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा, वितरणयोग्य नाफा र ब्याज आम्दानी कति ?

एक बर्षमा सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा, वितरणयोग्य नाफा र ब्याज आम्दानी कति ?

आइतवार, साउन २० २०८१
आइतवार, साउन २० २०८१
  • एक बर्षमा सिटिजन्स बैंकले कमायो १ अर्ब ३४ करोड नाफा, वितरणयोग्य नाफा र ब्याज आम्दानी कति ?

    काठमाडौँ / सिटिजन्स बैंक लिमिटेडले आर्थिक बर्ष २०८०/८१ मा १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    images
    images

    बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार यस बर्ष बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो । 

    गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

    असार मसान्तसम्म ६१ करोड ६१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको यस बैंकको वितरणयोग्य प्रतिशेयर आम्दानी ४ रुपैयाँ ३४ पैसा रहेको छ। 

    १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ३५ करोड ७० लाख रुपैयाँ सञ्चित छ। 

    गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब ८९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

    यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.४४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २८.३१ प्रतिशत बढेको छ। 

    त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १.५७ प्रतिशत बढेको छ। बैंकको निष्क्रिय कर्जा ३.९९ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब २१ करोडबाट बढेर १ अर्ब ७६ करोड पुगेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १९.३२ प्रतिशत र खुद नाफा करिब २८ प्रतिशत घट्न पुगेको हो । 

    यता, बैंकको नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३ रुपैयाँ ६७ पैसा घटेर ९ रुपैयाँ ४५ पैसामा झरेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ८१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४७ गुणा रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार