काठमाडौँ / कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदमा ६१ जना कर्मचारी माग गरेको छ ।
कम्पनीले सुपरभाईजरका लागि १५ जना, वरिष्ठ सहायक पदका लागि ७ जना, सहायक पदका लागि १४ जना र कनिष्ठ सहायकका लागि २५ जना कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिन ५ दिन बाँकी रहेको छ ।विभिन्न पदका लागि सोही अनुरुप नै योग्यता माग गरेको छ ।
कम्पनीले आफ्नो केन्द्रिय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी मगा गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले साउन २३ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।