images
images

आफ्नो राष्ट्रिय शिक्षा नीति नहुँदा हामी चुकेका छौँ : दीननाथ शर्माले

आफ्नो राष्ट्रिय शिक्षा नीति नहुँदा हामी चुकेका छौँ : दीननाथ शर्माले

शनिवार, साउन १९ २०८१
शनिवार, साउन १९ २०८१
  • आफ्नो राष्ट्रिय शिक्षा नीति नहुँदा हामी चुकेका छौँ : दीननाथ शर्माले

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्व शिक्षामन्त्री दीननाथ शर्माले राज्य देश सुहाउँदो शिक्षा नीति निर्माण गर्न नसकेर चुकिरहेको बताएका छन् । राजधानीमा आयोजिक एक कार्यक्रममा उनले अहिलेको शिक्षा नीति राष्ट्रको अनुकूल नरहेको बताए । 

    images
    images

    “हामी नीतिमा चुकेका छौं । सम्पूर्ण चिजको निर्धारण नीतिले गर्छ । यदि शिक्षा नीति नै गलत छ, सही शिक्षा नीति छैन भने परिणाम राम्रो आउँदैन । आज हामी चुकेको हाम्रो आफ्नो राष्ट्रिय शिक्षा नीति छैन । आफ्नो राष्ट्रको अनुकूल छैन,”– उनले भने । 

    आफू शिक्षामन्त्री हुँदा नीति परिवर्तनका लागि अध्यादेशसमेत ल्याएको बताउँदै उनले त्यो राजनीतिक परिस्थितिका कारणले सफल नभएको बताए ।

    त्यस्तै, राम्रो श्रेणीमा पास भएका विद्यार्थीहरू नेपालमा नबसेको बताउँदै उनले यो राष्ट्रिय चिन्ताको विषय रहेको बताए । 

    नीतिगत रूपमा नेपालको माटो पढाउनै नसकेको बताउँदै उनले ‘तिमी अङ्ग्रेजी पढ, विदेश जान पाइन्छ’ भनेर विद्यार्थीहरुलाई सानै उमेरदेखि सिकाइएको सुनाए । अब देशको माटो सुहाउँदो शिक्षा नीति ल्याउन ढिला गर्न नहुने उनको भनाइ छ ।  

    “नीतिगत रुपमा नेपालको माटो, भूगोल, इतिहास, नेपालको संस्कृति, संस्कार र नेपालमै बस्नुपर्छ र यो माटोको माया गर्नुपर्छ भन्ने जब विद्यार्थीहरूको कलिलो दिमागमा हाल्न सक्न्पर्छ,”– नेता शर्माले भने । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार