images
images

पहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई केन्द्र सरकारले दियो राहत

पहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई केन्द्र सरकारले दियो राहत

शुक्रवार, साउन १८ २०८१
शुक्रवार, साउन १८ २०८१
  • पहिरोमा ज्यान गुमाएका व्यक्तिको परिवारलाई केन्द्र सरकारले दियो राहत

    दमौली / शुक्लागण्डकी नगरपालिका–७ काउरेमा गत असार २२ गतेको पहिरोमा पुरिएर ज्यान गुमाएका व्यक्तिका परिवारलाई सङ्घ सरकारको तर्फबाट रु छ लाख राहत प्रदान गरिएको छ । 

    images
    images

    यहाँका तीन परिवारलाई सङ्घ सरकारको तर्फबाट प्रतिमृतक रु दुई लाखका दरले रु. ६ लाख प्रदान गरिएको हो । 

    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार विपद्बाट ज्यान गुमाउने परिवारलाई रु. दुई लाखका दरले राहत रकम प्रदान गर्ने प्रावधानबमोजिम मृतकका परिवारलाई उक्त रकम प्रदान गरिएको हो। 

    गण्डकी प्रदेश सरकारका तर्फबाट पनि मृतकका परिवारलाई रु. ५० हजारका दरले राहत रकम प्रदान गरिने उनले बताए । 

    पीडितपरिवारलाई शुक्लागण्डकी नगरपालिकाले पनि राहतस्वरुप प्रतिमृतक रु. ५० हजारका दरले रकम प्रदान गरेको छ । 

    लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी १ ले पनि मृतकका परिवारलाई रु २५ हजारका दरले आर्थिक सहयोग गरेको छ भने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटीले रु. पाँच हजारका दरले आर्थिक सहयोग गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार