images
images

निर्यात प्रवर्द्धन गर्न नसके पनि अर्थतन्त्र लयमा फर्काउन मौद्रिक नीतिले सहयोग गर्छ : तयारी पोशाक उद्योग संघ

निर्यात प्रवर्द्धन गर्न नसके पनि अर्थतन्त्र लयमा फर्काउन मौद्रिक नीतिले सहयोग गर्छ : तयारी पोशाक उद्योग संघ

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • निर्यात प्रवर्द्धन गर्न नसके पनि अर्थतन्त्र लयमा फर्काउन मौद्रिक नीतिले सहयोग गर्छ : तयारी पोशाक उद्योग संघ

    काठमाडौँ / नेपाल तयारी पोशाक उद्योग संघले मौद्रिक नीति आ.व. २०८१/८२ स्वागतयोग्य भएको जनाएको छ । संघले एक विज्ञप्ति जारी गरी नेपाल राष्ट्र बैँकले साउन ११ शुक्रबार साउनमा जारी गरेको तयारी पोशाक निर्यातलाई कम प्राथमिकता दिएको भए पनि मौद्रिक नीति स्वागतयोग्य भएको जनाएको हो । 

    images
    images

    समग्र देशभित्रका आर्थिक क्रियाकलापलाई चलायमान गराउन प्रयत्नशील भएकोले मौद्रिक नीतिलाई निर्यात प्रवद्र्धन बाहेकको हिसाबले हेर्दा उपलब्धिपूर्ण र अर्थतन्त्र लयमा फर्काउन सहयोग पुग्ने भएको संघले जनाएको छ । 

    अर्थतन्त्रमा कर्जा प्रवाह, ऋणको तालिकीकरण र भुक्तानीमा सहजीकरण गर्ने गरी विद्यमान मन्दीबाट मुलुकलाई उकास्ने ढंगले सार्वजनिक भएको यस मौद्रिक नीतिका मुलभुत रूपमा देहायका विषयवस्तुमा सम्बोधन भएको देखिन्छ  –

    - निजी क्षेत्रमा जाने कर्जा १२.५ प्रतिशतले बृद्धि हुने अपेक्षा ।

    - ब्याजदर कोरिडोरको माथिल्लो सीमाको बैँकदर ६.५ प्रतिशत र नीतिगत दर ५ प्रतिशत तथा तल्लो सीमाको निक्षेप संकलन दर ३ प्रतिशत रहने ।

    – स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने ।

    – पूँजी पर्याप्तता ढाँचालाई परिमार्जन गरिने ।

    – कर्जाको व्याजदरमा प्रतिस्पर्धा कायम गर्न आधार दर सम्बन्धी व्यवस्थामा अध्ययन  गरिने ।

    – बन्द उद्योग/व्यवसायले सावाँ व्याज नियमित भुक्तानी गरेमा कर्जाको वर्गीकरण र जोखिम व्यवस्थालाई सहजीकरण गरिने ।

    – असल कर्जामा कर्जा नोक्सानी व्यवस्था १.१० प्रतिशत कायम भएको ।

    – कर्जा खरीद विक्री सम्बन्धी जोखिम भार व्यवस्थामा पुनरावलोकन हुने ।

    – रेगुलटरी रिटेल पोर्टफोलियोको सीमालाई २ करोड ५० लाख कायम गरिएको ।

    – निष्क्रिय वर्गमा गएको कर्जा असल कर्जामा लैजान ६ महिनासम्म सूक्ष्म निगरानी गरी त्यसपछि मात्र वर्गीकरण गरिने ।

    – चेक अनादरकै आधारमा कालो सूचीमा राख्ने र खाता रोक्का गर्ने व्यवस्था परिमार्जन गरिने ।

    – चालु पूँजीकर्जा मार्गदर्शनको कर्जा समायोजन व्यवस्था लागू हुने समय १ वर्ष थप भएको ।

    – लघु, घरेलु, साना, मझौला उद्यमको लागि तोकिएको १ करोड रुपैयाँको सीमा पुनरावलोकन हुने ।

    – रु. २ करोडसम्मको लघु, घरेलु, साना, मझौला उद्यमलाई प्रवाह हुने कर्जाको आधार दरमा २ प्रतिशत विन्दुभन्दा बढी प्रिमियम थपेर व्याजदर निर्धारण गर्न नपाउने व्यवस्थामा कृषिका सहयोगी उद्योग, कृषि औजार उत्पादन सूचना प्रविधि, पर्यटन लगायतका क्षेत्रहरू थप हुने ।

    – संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह हुने कर्जाको २० करोड रुपैयाँको सीमा खारेज भएको ।

    – कृषि उपजको धितोमा समेत सहज कर्जा प्रवाह हुने ।

    – युवामा उद्यमशीलता प्रवद्र्धन गर्न कर्जाको सहज र सरल पहुँच सुनिश्चित हुने ।

    – ड्राफ्ट/टि.टि बाट वस्तु आयात गर्दा सटही सुविधाको सीमा अमेरिकी डलर ५० हजार कायम भएको ।

    – डकुमेन्ट एगेन्स्ट पेमेन्ट र डकुमेन्ट एगेन्स्ट एस्सेप्टेन्सबाट आयात गर्ने सीमा अमेरिकी डलर १ लाख कायम भएको ।

    – राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पूर्वाधार तयार पारिने ।

    मौद्रिक नीति, २०८१ ले गरेको उपर्युक्त व्यवस्थाबाट अर्थतन्त्र चलायमान हुने कुरामा संघ विश्वस्त रहेको संघका अध्यक्ष पशुपतिदेव पाण्डेले बताए । संघले मौद्रिक नीतिका लागि राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष ९ बुँदे सुझाव पेस गरेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार