images
images

जुलाईमा भित्रिए ६४ हजार ६ सय पर्यटक, कुन मुलुकबाट कति ?

जुलाईमा भित्रिए ६४ हजार ६ सय पर्यटक, कुन मुलुकबाट कति ?

जुलाई महिनामा सार्क राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको संख्या २७ हजार २१२ जना रहेको छ ।

बिहिवार, साउन १७ २०८१
बिहिवार, साउन १७ २०८१
  • जुलाईमा भित्रिए ६४ हजार ६ सय पर्यटक, कुन मुलुकबाट कति ?

    काठमाडौँ / सन २०२४ को जुलाई महिनामा ६४ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । 

    images
    images

    पर्यटन विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन २०२४ को जुलाई महिनामा ६४ हजार ५९९ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । यो संख्या गत बर्षको सोही महिनाको तुलनामा ११.९ प्रतिशतले बढी हो । 

    सार्क मुलुकका पर्यटक सबैभन्दा धेरै

    पछिल्लो महिनामा नेपाल आउने पर्यटकको संख्यामा सबैभन्दा बढी सार्क मुलुकका पर्यटक नेपाल आएका छन् । 

    त्यस्तै एसिया भित्रका सार्क बाहेकका मुलुकबाट ११ हजार ९०१ जना, युरोपबाट ९ हजार २८०, ओसिनिया मुलुकबाट २ हजार ३८ जना अमेरिकन मुलका ८ हजार ८ सय ६८ जना र मध्यपूर्वका देशहरूबाट ४ हजार ८५७ जना पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ ।

    यो अवधिमा सार्क राष्ट्रहरूबाट नेपाल आउने पर्यटकको संख्या २७ हजार २१२ जना रहेको छ । जसमा भारतीय पर्यटकको संख्या उल्लेखनीय रहेको छ । 

    अवधीमा सबै भन्दा धेरै भारतीय पर्यटक २१ हजार ४९० जना नेपाल आउँदा सार्कराष्ट्रबाट सबैभन्दा थोरै श्रीलंकन पर्यटक ४८४ जना मात्रै नेपाल आएका छन् ।

    कुन मुलुकबाट कति ? 

    news.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार