images
images

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३०० जना अभिकर्ताहरुको उपस्थिती

नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३०० जना अभिकर्ताहरुको उपस्थिती

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • नेशनल लाईफको गाला कन्सर्ट सम्पन्न, ३०० जना अभिकर्ताहरुको उपस्थिती

    काठमाडौँ / नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.को गाला कन्सर्ट सम्पन्न भएको छ । 

    images
    images

    कम्पनीले २०८१ जेठ  महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३०० जनाको उपस्थितीमा काठमाडौँको सोल्टी होटलमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न गरेको हो । 

    कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दिप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरु प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा को बेजोड सांगितिक प्रस्तुती रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतीमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए । 

    भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतज्यूले नेशनल लाईफले सदा र्झै अभिकर्ताहरुको चाहानालाई मध्येनजर गर्दै विभिन्न योजनाहरु ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरुले उत्साहका साथ मनन गरेको हुनाले नै योजना सफल भएको बताउनु हुँदै अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार