images
images

मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ अधिक बर्षाको सम्भावना ?

मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ अधिक बर्षाको सम्भावना ?

मंगलवार, साउन १५ २०८१
मंगलवार, साउन १५ २०८१
  • मौसम पूर्वानुमान : कुन कुन प्रदेशमा छ अधिक बर्षाको सम्भावना ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    हाल कोशी, मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ । 

    कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भै बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ । 

    मङ्गलबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

    मङ्गलबार राति देशभर साधारणतया बदली रहने छ। कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक-दुई स्थानमा भारी  देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    बुधबार दिउँसो देशभर साधारणतया बदली रहने छ। मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     बुधबार राति देशभर साधारणतया बदली रहने छ। मधेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी  वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार