काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ मा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड ५९ लाख भन्दा बढी नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले २ करोड ५९ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
यस अवधीमा कम्पनीले आर्जन गरेको यो नाफा अघिल्ले आर्थिक बर्ष २०७९/८० को तुलनामा २ करोड ४२ लाख ८७ हजार रुपैयाँले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असारसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४८ प्रतिशत बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ६० लाख २५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ११ करोड ५६ लाख रुपैयाँ, सञ्चालन नाफा ३ करोड ६० लाख रुपैयाँ छ ।
१० करोड १४ लाख रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ७१ लाख रुपैयाँ सञ्चिती रहेको छ । यस वधिमा कम्पनीले १ अर्ब १८ करोड ३६ लाख रुपैयाँ सापटी लिएर १ अर्ब ६८ करोड १७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यस अवधिमा संस्थाले ३४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।
कम्पनीको नाफा वृद्धिभएसँगै प्रतिशेयर आम्दानी पनि बढेर २५ रुपैयाँ ६१ पैसा पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ भने मूल्य आम्दानी अनुपात ७१.१२ रुपैयाँ छ ।