images
images

सरकारको कुल खर्च घटे पनि १०.६ प्रतिशतले बढ्यो राजस्व परिचालन

सरकारको कुल खर्च घटे पनि १०.६ प्रतिशतले बढ्यो राजस्व परिचालन

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • सरकारको कुल खर्च घटे पनि १०.६ प्रतिशतले बढ्यो राजस्व परिचालन

    काठमाडौँ / गत आर्थिक बर्ष (आव) २०८०/८१ मा सरकारको कुल खर्च घटे पनि राजस्व परिचालन भने बढेको छ । महालेखा नियन्त्रकको तथ्याङ्कअनुसार गत आवमा संघीय सरकारको कुल खर्च ०.९ प्रतिशतले घटेको भए पनि राजस्व परिचालन भने १०.६ प्रतिशतले बढेको हो ।  

    images
    images

    गत आवमा भएको कुल खर्चमा चालु खर्चको अंश ६७.६१ प्रतिशत, पुँजीगत खर्चको अंश १३.६१ प्रतिशत र वित्तीय व्यवस्था अन्तर्गतको खर्च १८.७८ प्रतिशत रहेको छ ।  

    खर्च घटे पनि १० खर्ब ५८ अर्ब ९० करोड रुपैयाँ राजस्व परिचालन भएको छ । कुल राजस्वमा कर राजस्वको अंश ८९.२० प्रतिशत र गैरकर राजस्वको अंश १०.८० प्रतिशत रहेको छ ।  

    १६औँ आवधिक योजना सार्वजनिक गर्दै राष्ट्रिय योजना आयोगले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा संघीय राजस्व परिचालन २१.४ प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । 

    बजेट घाटा पूर्तिको लागि आन्तरिक ऋणबाट रु.३३० अर्ब व्यहोरिने प्रस्ताव छ । आन्तरिक ऋण भुक्तानीको लागि २४५ अर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएकोले आर्थिक वर्ष २०८१÷८२ मा खुद आन्तरिक ऋण ८४ अर्ब २२ करोड रुपैयाँ परिचालन हुने देखिन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार