images
images

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी, भदौ १ देखि कार्यभार सम्हाल्ने

ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी, भदौ १ देखि कार्यभार सम्हाल्ने

बिहिवार, साउन १० २०८१
बिहिवार, साउन १० २०८१
  • ग्लोबल आईएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी, भदौ १ देखि कार्यभार सम्हाल्ने

    काठमाडौँ / ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

    images
    images

    बैंकको साउन १० गते बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १ भदौदेखि लागू हुनेगरी रग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

    बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १७ (क) बमोजिम योग्यता तथा अनुभव प्राप्त उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

    हाल बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल साउन मसान्तसम्म रहेको छ। निवर्तमान प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको कार्यकाल सकिएसँगै बैंक सञ्चालक समितिले रेग्मीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

    रेग्मी हाल बैंकको सिनियर डेपुटी सीइओ छन् । उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध भएका थिए ।

    उनीसँग बैंकिङ क्षेत्रमा ३५ वर्ष भन्दा धेरैको अनुभव छ । उनी हाल बैंकको सूचना अधिकारीको जिम्मेवारीमा पनि छन् । उनी बैंकको लगानी रहेको फर्स्ट माइक्रोफाइनान्सको संचालक समितिको अध्यक्ष पनि छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार